काठमाडौं। काठमाडौं महानगरपालिकाले नदी किनारमा बसोबास गर्नेलाई सात दिनको अल्टिमेटम दिएको छ। नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना बनाएर बस्नेलाई एक साताभित्र हटाउन निर्देशन दिएको हो ।
महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न निर्देशन दिइएको छ।
एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र संरचना हटाउन लागेको खर्च पनि सम्बन्धित पक्षसँगै असुल उपर गर्ने सूचनामा उल्लेख छ।
महानगरले नदी किनारका बस्तीलाई बारम्बार जानकारी गराएको र अब यो सूचनाको पनि अवज्ञा गरेमा स्थानीय सरकार सञ्चालन एने २०७४ प्रयोग गरिने समेत जनाएको छ ।
