बाँके। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ वटा उजुरी परेका छन्। मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि २२ वटा उजुरी परेका हुन्।
उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको र नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाउने कार्यालयले जनाएको छ।