काठमाडौं। विमानस्थल भित्र ब्यागेज तोडफोड, चोरीका घटनाबारे यात्रुका गुनासा बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालयले कडाइ सुरु गरेको छ । सो क्रममा ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोशाक दिइने भएको छ । यसको प्रबन्ध नेपाल एयरलाइन्सले मिलाउने निर्णय भएको त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।
उनका अनुसार सुपरभाइजरको काम प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डिलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुसनको ग्रोप्रो क्यामराको व्यवस्था गर्न र खल्तीरहित पोशाकको व्यवस्था नेपाल एयरलाइन्सले गर्ने गरी निर्णय गरिएको हो ।