काठमाडौं । नेपालले काठमाडौं–ल्हासा सिधा उडान खोल्न चीनसँग प्रस्ताव राखेको छ । नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा यस्तो प्रस्ताव राखेको हो ।
ल्हासामा चैत १ देखि ५ गतेसम्म भएको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड९१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप वितार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको छ ।
नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्तालयका सहसचिव एवम् प्रवक्ता डा नारायणप्रसाद रेग्मीले बबताउनु भयो ‘हामीले हवाई सेवा सुचारु गर्न आग्रह गरेका छौं, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ उहाँले भन्नुभयो ‘विमानस्थल स्तोरन्नतीको काम भइरहेको र छिट्टै नेपालको आग्रहअनुसार आवश्यक निर्णय लिने बताउनु भएको छ ।’
ल्हासा९काठमाडौं सिधा उडान नहुँदा हाल काठमाडौं-छेन्दु-ल्हासा र ल्सासा९छेन्दु९काठमाडौं गरी घुमाउरो रुटमा हवाई सेवा जोडिएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै २०७६ माघदेखि चिनियाँ वायुसेवा कम्पनीले विभिन्न मुलुकको उडान रोकेका थिए । त्यही अनुसार नेपालमा हुने उडान समेत रोकिएको थियो । नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएपछि त्यसयता त्या रुट बन्द छ ।
कोभिड९१९ पछि पछिल्लो समय नेपाल र चीन जोड्ने गरी ५ वायुसेवा कम्पनीले नियमित उडान थालिसकेका छन् । त्यसमा एयर चाइना र सिचुवान एयरलाइन्सले छेन्दु–काठमाडौं, चाइना इस्टर्नले कुनमिङ, चाइना साउदर्नले ग्वाङझाउ र हिमालय एयरलाइन्सले कुनमिङ र बेइजिङलाई काठमाडौंसँग जोड्ने गरी समर सेड्युल स्वीकृत गराएका छन् ।