धादिङ। उत्तरी धादिङको झार्लाङमा झन्डै साढे २ करोड लागतको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। खनियाबास गाउँपालीका–१ गिलिङ्जोमा पाँच सय घरपरिवारका लागि दुई करोड ३६ लाख लागतको खानेपानी आयोजना शिलान्यास गरिएको हो।
वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका यहाँका स्थानीयको घर घरमा धारा पुर्याउने उद्देश्यले भारतीय दुतावासको आर्थिक सहयोगमा खानेपानी आयोजना निर्माण हुने भएको छ।
खानेपानी आयोजना सम्पन्न भएपछि झार्लाङवासीले भोग्दै आएको खानेपानीको समस्या शतप्रतिशत समाधान हुने खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए।
भारतीय दूतावासको सहयोग र पालिकाको साझेदारीमा बन्न लागेको उक्त आयोजना बनाउने काम नाना कन्स्ट्रक्सनले पाएको छ। आयोजना २०८१ साउन महिनासम्ममा सम्पन्न हुने बताइएको छ।