बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको निरीक्षण गरेका छन्।
मुख्यमन्त्री गिरीले बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणस्थलको आज निरीक्षण गरेका हुन्।
विश्वविद्यालयका लागि खजुराको वडा नं ७ मा ३७ र वडा नं ८ मा रहेको ८१ बिघा जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको जनाइएको छ।
मुख्यमन्त्री गिरीसँग स्थानीयवासीले आफूहरुलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिए।
यसै अवसरमा उनले प्रदेशको गौरवको योजनाको रुपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए।
खजुरा गाउँपालिकाका अध्यक्ष डब्बर विकले विश्वविद्यालयको निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने जानकारी दिए ।