सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको याङ्ग्री लार्केका बाढी पीडितलाई जग्गा उपलब्ध गराइने भएको छ। स्थायी आवासको व्यवस्थाका लागि ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको हो।
गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीबाट १७९ परिवार प्रभावित भएका थिए। यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको अध्यक्ष लामाले बताए। हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ। पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन्।