काठमाडौं। बाके–२ सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। गोल्यान समूहले लगानी गरी निर्माण गरेको १० मेगावाटको आयोजना बिहीबार राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
बाँकेमा प्योर इनर्जी प्रालिमार्फत निर्माण सम्पन्न आयोजनाले उत्पादन गरेको विद्युत १५ किलोमिटर दुरीमा रहेको कोहलपुर सबस्टेसनमा लगेर जोडिएको छ। ऊर्जा डिभिजन (गोल्यान समूह) का अनुसार अहिले ‘नो लोड’ मा आयोजना प्रसारण प्रणालीमा जोडिएको छ।
सबस्टेसनसम्म आयोजनाको प्रवद्र्धक कम्पनीले नै ३३ केभी प्रसारण लाइन निर्माण गरिरहेको छ ।
सौर्य विद्युत आयोजना जोडिएपछिको परीक्षण सकिएपछि करिब ४८ घन्टापछिबाट नेपाल विद्युत प्राधिकरणलाई १५ दिनसम्म निशुल्क विद्युत दिने अवधि सुरु हुने बताइएको छ।