काठमाडौं । आकाशमा उडिरहेको विमानमा यात्रुबीच कुटाकुट भएको छ । बुधबार दिउँसो विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरमा यात्रुबीच कुटाकुट भएको हो ।
विराटनगरबाट ७० यात्रु लिएर काठमाडौंका लागि उडेको विमानमा मध्य भागमा बसिरहेका २ जना यात्रुबीच कुटाकुट भएको हो । धावन मार्ग छोडेर २४ किलोमिटर उचाइमा पुगेपछि २ यात्रुले सिट वेल्ट नै खोलेर आपसमा कुटाकुट विमानभित्र केहीबेर हल्लीखल्ली नै भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।
विमान उडेपछि यात्रुलाई सिट वेल्ट खोल्न र क्याविन क्रुमा हिँडडुल गर्ने अनुमति हुँदैन । तर ती दुई यात्रुले नियम विपरीत कुटाकुट गरेको भिडियोमा देखिन्छ । भिडियोको दृश्य अनुसार विमानभित्र यात्रुले आपसमा कुटाकुट गर्न थालेपछि परिचारिकाले चालक दललाई खबर गर्छिन्। छेउका यात्रुहरू उनीहरूलाई सम्झाउन थाल्छन् र उनीहरु कसैले भनेको नमानेर आपसमा कुटाकुट गरिहन्छन् । उडिरहेको विमानमा कुटाकुट गर्ने यात्रु को र कहाँका हुन भन्नेबो भने केही खुलाईएको छैन ।