कालिकोट। कालिकोटको सुनथराली विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ। निर्माण सुरु भएको ३७ वर्षपछि विमानस्थल निर्माण कार्य सम्पन्न भएको हो।
उक्त विमानस्थलको निर्माण कार्य २०४२ सालमा सुरु भएको थियो। गत पुसमा निर्माण पूरा भएको विमानस्थलमा आगामी वैशाखदेखि औपचारिक उडान भर्ने बताइँदै आएको छ।
विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते कच्ची धावनमार्गमा परीक्षण उडान गरिएको थियो । त्यसयता यहाँ जहाज आएको छैन ।