काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। मेयर साहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका हुन्।
मेयर साहले देश सफा गर्नका लागि सिंहदरवारका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ। ’