काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडै पूर्णरूपले सञ्चालनमा आउने बताएका छन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको २२औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनको बुटवलमा उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विमानस्थल छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन्।
पौडेलले सम्बद्ध निकायको कमजोरीका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउँदै कमजोरी सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए।
उनले रुपन्देहीमा सञ्चालन भएका सबै आयोजनामा जनताको निगरानी महत्वपूर्ण भएको बताए। उनले ती योजनाको निर्माणमा भएका कमजोरी तथा ढिलासुस्तीमा खबरदारी गर्न आग्रह गरे । उनले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल पनि सञ्चालन आउने बताए ।