म्याग्दी। म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ। आइतबार अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो।
सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको हेलिकप्टर बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो।
उक्त हेलिकप्टर आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले हेलिकप्टर फोर्स ल्याण्डिङ गरेको बताए । पाइलट प्रिया अधिकारी र अन्य एक जनाको अवस्था सामान्य रहेको छ।