काठमाडौं। गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा ४.५ मेगावाटको सुपर माछा खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ।
बुढीगण्डकी हाइड्रो पावर प्रालिले आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो।
विभागबाट अनुमती पाउनासाथ आयोजना निर्माणको काम सुरु गर्ने बुढीगण्डकी हाइड्रोले जनाएको छ। आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असरका विषयमा सरोकारवालासँग रायरसुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको छ ।
आयोजनाबाट वार्षिक सरदर २५.९९१ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट २०८५ असार २० गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।