पाँचथर। पाँचथरको फिदिम नगरपालिका र तेह्रथुमको आठराई गाउपालिकाको सिमाना भइ बग्ने तमोर नदीमा काठमाडो डुंगा सञ्चालन हुन थालेको छ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत पुष महिनादेखि स्थानीय युवाहरुले तमोर नदीमा डुंगा सञ्चालन गरेका हुन्।
युवाहरूले फलेदोको काठबाट डुंगा बनाएर रङरोगन गरी नेपाली झन्डा फहराएका छन् । अहिले डुंगा चढ्न सार्वजनिक बिदाको दिन दुई सय र अरु दिन ५० जनासम्म स्थानीय पुग्न थालेको सञ्चालक युवाहरु बताउँछन्।
त्यहाँ आउनेहरू डुंगा सयर गर्दै टिकटक बनाउने, तस्बिर खिच्ने र भिडियो बनाउने गर्छन् । डुंगा सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवर्दरधनमा टेवा पुर्याउनले युवाहरुको विश्वास छ।