मोरङ। मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गरिने भएको छ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको पूर्वाधार निर्माण गर्न भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो।
बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ।
त्यसैगरी विश्वविद्यालयका लागि दुई पक्षीय समझदारीअनुसार विभिन्न विषयका विज्ञ र दक्ष प्रशिक्षक उपलब्ध गराउन समेत भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ।
बैठकमा कोरोना प्रकोपको सतर्कताका लागि स्वास्थ्य मन्त्रालयलाई आवश्यक पहलकदमी चाल्न निर्देशन दिने निर्णय छ। बैठकले प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय नियमावली, २०७९ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।