काठमाडौँ। एकै पटक १८० जना चिनियाँ पर्यटक काठमाडौं आएका छन्। एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएका हुन्।
उनिहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गरेका छन्। बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए। पर्यटक आएपछि आगमन कक्षमै पुगेर मन्त्री किराती सहितको टोलीले स्वागत गरेका हुन्।
पर्यटन मन्त्रालयका अनुसार कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो हो।