काठमाडौं। आइतबार आन्तरिक तर्फको हवाई उडान प्रभावित भएको छ। खराब मौसमका कारण आइतबार आन्तरिक तर्फको हवाई उडान प्रभावित भएको हो।
आन्तरिक विमानस्थल कार्यालयका अनुसार आज बिहानैदेखि भिजिबिलिटी कम भएका कारण पोखरा, भरतपुर र सिमरा तर्फको उडान हुन सकेको छैन। ३ ठाउँ बाहेक बाँकी गन्तव्यहरुमा भने नियमित उडान भइरहेको बताइएको छ।