काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले दुई ठूला सिमेन्ट उद्योगको बिजुली काटिदिएको छ। समयमा विद्युत महसुल नबुझाएको भन्दै प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दुई वटा सिमेन्ट उद्योगको बिजुली काटिदिएको हो।
प्राधिकरणले दाङस्थित सोना सिमेन्ट उद्योग र रोल्पास्थित रोल्पा सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गराएको हो। रकम भुक्तानीका लागि बारम्बर ताकिता गर्दा पनि भुक्तानी नगरेपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । एउटै उद्योगको करोडौँ रकम उठ्न बाँकी भएपछि आफूहरुले तदारुकता देखाएको प्राधिकरणको भनाइ छ।
सोना सिमेन्ट प्रालिले ७४ करोड ५९ लाख र रोल्पा सिमेन्ट उद्योगले आठ करोड ८४ लाख भुक्तानी तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।