काठमाडौं। बिहीबार (भोलि) त्रिभुवन विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान ६ घण्टा बन्द हुने भएको छ।
विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले भोलिको सबै उडान ६ घण्टाका लागि अवरुद्ध हुने भएको हो।
बिहीबार बिहान अर्थात रातिको १ बजेदेखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिकरअन्तर्राष्ट्रिय वायुयान उडानरअवतरण नहुने विमानस्थलले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।