ओखलढुङ्गा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने बताएका छन्। लिखु गाउँपालिका–९ पोकलीको बाच्पुमा मङ्गलबारदेखि सुरु भएको सुनुवार कोइँच सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री राईले यस्तो बताएका हुन्।
पर्यटकीय क्षेत्र, कला र संस्कृतिको संरक्षणमा सरकारले विशेष योजना बनाएको मन्त्री राईको भनाइ छ। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्यको पोलकी झरना र यस क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने मन्त्री राईले प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाली कांग्रेसका सङ्घीय सांसद रामहरि खतिवडाले जिल्लाको पर्यटन प्रवर्द्धन र समग्र जिल्लाको विकासका लागि आफु जुटिरहेको बताए। केन्द्रीय विद्युत विस्तारको काम धमाधम भइरहेकाले आगामी एक वर्ष भित्र जिल्लाको सबै गाउँ टोलमा विद्युत पुग्ने सांसद खतिवडाले जानकारी दिए।
पर्यटन क्षेत्रको विकासका लागि सडक र विद्यतको विकास गर्न आवश्यक रहेको खतिवडाको भनाइ छ ।