काठमाडौं। नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ। यस वर्ष असार, मंसिर र चैत महिनामा गरी तीन पटक इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी परिषदले तयारी गरिरहेको हो।
परीक्षार्थीलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरेको परिषदले जनाएको छ। एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न पर्ने भएकाले यो वर्ष तीन पटक परीक्ष लिने परिषदको भनाइ छ। परिषदले वार्षिक क्यालेन्डर तयार गर्दै छ। चाँडै सार्वजनिक गर्ने बताइएको छ।