काठमाडौं। तुम्लिङटार विमानस्थल एक सातादेखि उडान अबरुद्ध भएको छ। विमानस्थललाई तुवाँलोले ढाकेकाले एक सातादेखि उडान अवरुद्ध भएको हो।
गत सोमबारदेखि निजी क्षेत्रका विमानले उडान भर्न नसक्दा दैनिक सयभन्दा बढी यात्रुहरू अलपत्र परिरहेका छन् । विमानस्थलका अनुसार भिजिबिलिटी कम भएपछि दैनिक उडान अवरुद्ध हुँदै आएको छ।
सो विमानस्थलमा कम्तीमा ३५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् । कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । उडानका लागि हप्तौंअघि टिकट बुकिङ गरेर बसेका यात्रुहरूले अहिले धुलाम्य बाटोको यात्रा गर्नुपरेको छ ।