काठमाडौं। अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोहीको उद्धार गरिएको छ । अन्नपूर्ण सोमबारदेखि बेपत्ता ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धार गरिएको हो ।
अन्नपूर्णमा बेपत्ता अर्का पर्वतारोही २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलको यसअघि नै उद्धार भइसकेको छ । अनुराग फेला परेको तर अवस्था गम्भीर रहेको बताइएको छ। ।