काठमाडौं। काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना (फास्ट ट्र्याक) को निर्माण गर्ने समय अवधि ३ वर्ष थप गरेको छ। सरकारले काठमाडौं–तराई।मधेस द्रुतमार्ग आयोजना (फास्ट ट्र्याक) को निर्माण गर्ने समय अवधि ३ वर्ष थप गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले तोकिएको समयमा काम नसकिने भन्दै निर्माण अवधि थप्ने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आयोजनाको निरीक्षणमा पुगेका थिए। त्यहाँबाट फर्केर आएपछि उनले फास्ट ट्र्याक निर्माणको समय थप्ने निर्णय गराएका हुन्।
पछिल्लो संशोधित तालिका अनुसार सेनाले २०८० मंसिरभित्र काम सक्नुपर्थ्यो। तर, २२ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि सेनाकै अनुरोधमा सरकारले २०८३ चैत मसान्तसम्म समय थपेको हो।