म्याग्दी। म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत म्याग्दीका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने योजनाअन्तर्गत २० करोड ५८ लाख रूपैयाँ बजेट स्वीकृत भएको हो ।
नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरको छ। पहुँच नपुगेका र लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गर्दै आएका स्थानमा विद्युत विस्तार गर्न बजेट स्वीकृत भएको हो ।
धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने लक्ष्य रहेको प्राधिकरणको बेनी वितरण केन्द्रले जनाएको छ । योजना कार्यान्वयन भएपछि जिल्लाका थप २ हजार १५८ घरधुरीमा बिजुलीको पहुँच पुग्ने बताइएको ।