काठमाडौं। गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरमा पुल निर्माण भएको छ। प्रवासी नेपालीको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट उक्त पुल निर्माण भएको हो।
उक्त पुल ३ महिनाको छोटो समयमै निर्माण सम्पन्न भएको हो। वैदेशिक रोजगारीमा रहेका गाउँका किरण खरेल, तुलाराम तिवारी एवं फडिन्द्र भट्टराईको सक्रियतामा सात लाख ६२ हजारको लागतमा १३ मिटर लम्बाइ र डेढ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पुल निर्माण समितिले जनाएको छ।
उक्त पुलको उद्घाटन आइतबार स्थानीय जेष्ठ नागरिक तथा पण्डित दुर्गादत्त अर्याल र मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले संयुक्त गरेका छन्।
छोटो समयमै पुल निर्माण भएपछि स्थानीय खुशी भएको छन्।