बिर्तामोड। शिवसताक्षी नगरपालिका–२ स्थित मङ्गलबारे–पाराबारी सडक कालोपत्रे भएको छ। ९४५ मिटर लामो सडक कालोपत्रे भएको हो।
शिवसताक्षी नगरपालिका–२ कार्यालय र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा सडक कालोपत्रे गरिएको बताइएको छ। शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार रुपियाँ, वडा नं. २ को कार्यालयबाट विनियोजित बजेट १८ लाख रुपियाँ र स्थानीय उपभोक्ताबाट सङ्कलित १९ लाख ९८ हजार ७०५ रुपियाँ गरी ९९ लाख ९८ हजार ७०५ रुपियाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले बताएको छ।
सडक कालोपत्रे भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।