सिन्धुली। सिन्धुलीको कमलामाइ नगरपालिकामा आगोलागीमा परेर पाँच वटा घर जलेर नष्ट भएका छन्। कमलामाई–२ को चियाबारीमा सोमबार बिहान भएको आगलागीबाट पाँच घर जलेर नष्ट भएका हुन् ।
टंक थापाको घरबाट सुरु भएको आगलागीबाट लाखौंको धनमाल जलेर क्षति भएको छ। नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति १ बजेबाट सुरु भएको आगलागीबाट टंक थापा, गंगा थापा र सीताराम थापाको घर जलेको हो ।
आगलागीमा परी नगद १० लाख नष्ट भएको छ भने गरगहना र पसलका सामान जलेका छन् । टंक थापाको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।