दाङ। दाङको राप्ती गाउँपालिकामा पालिका निर्माण अभियान सुरु गरिएको छ। गाउँपालिकाले ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको हो।
लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अवस्थामा राजधानी सहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरेको पालिका अध्यक्ष प्रकाश विष्टले बताए।
पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक सङ्घ संस्था, स्थानीय निर्वाचनका उम्मेदवारलगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए।
हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेकोसमेत उनले बताए। पूर्वाधार विकास मात्रै नभई चेतनास्तर वृद्धिका लागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ ।