कालीकोट। हिमानदीको पुल भत्काउन सुरु गरिएको छ। जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन सुरु गरिएको हो।
निर्माण गरिएको पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले निर्माणाधिन पुलको बीच भाग चर्कियपछि पुनर्निर्माण गर्नको लागि भत्काउन सुरु गरिएको हो।
उक्त पुल निर्माणको जिम्मा सूर्य कन्स्ट्रक्सन प्रा.लिले पाएको थियो। आर्थिक वर्ष २०७५/०७६ मा सम्झौता गरेको पुल निर्माणमा म्याद थपेर निर्माण गरिरहदा बाढीले ढलान चर्कियपछि पुल निर्माणमा अझ ढिला भएको हो।
कमसल निर्माण सामाग्रीको प्रयोगका कारणले पुल निर्माण नसकिँदै चर्किएको भन्दै विरोध भएपनि निर्माण कम्पनीले भने पुल निर्माणमा कमजोर सामानभन्दा पनि जोखिम ठाउँका कारणले समस्या आएको बताएको छ।