मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरबाट उद्धार गर्दै आएको छ। सडक सुविधाबाट वञ्चित भएपछि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दै आएको हो।
सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत ब्यहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो ।
मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडक मार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन । स्थल मार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाकाले बताएको छ।
जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन । गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौंलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपरेको जनाएको छ। पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टरमा ५० प्रतिशत खर्च ब्यहोर्ने गरेको गाउँपालिकाले बताएको छ।