विमान चालक दलीप सिंह मजीठिया भारतिय वायुसेनाका लडाकु थिए । वायुसेनाबाट अवकाश प्राप्त भए पश्चात आफैले खरिद गरेको विचक्राफ्ट बोनान्जा विमान लिएर आफ्ना काका नेपालका लागि भारतीय राजदूत सुरजीत सिंह मजीठियालाई लिन काठमाडौ आएका थिए । काठमाण्डौंको गौचरणको रुपमा रहेको घासे मैदानमा अवतरण भएको उक्त विमान पहिलो थियो ।
यो भन्दा पहिला राजा त्रिभुवनलाई पहिलो पटक हृदयघात हुँदा उपचारका लागी नेपाल आएका बेलायती डाक्टर कर्णेल डनहम ह्वाइट स्वदेश फर्कने क्रममा काठमाडौबाट पैदल तथा रेलमा सिमरा पुगे पश्चात बि.सं १९९९ भदौमा उनलाइ लिनको लागी सिमरामा तिन सिटको पुश मथ विमान अवतरण गरिएको थियो ।
नेपालको आकासमा सगरमाथाको चक्कर काट्न भने जुद्धशम्शेरको शासनकालमा वेस्टल्याण्ड पीभी ३ र वेस्टल्याण्ड पीभी ६ नाम गरेका दुई युद्धक विमानलाई बि.सं. १९८९ चैत्र २१ गते केही परिमार्जित गरेर उडाइएको थियो ।