काठमाडौं। धादिङको रुविभ्याली गाउँपालिकाको कोचोङ डाँडामा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेनाको सहयोगमा सो हेलिप्याड निर्माण गरिएको हो।
भौगोलिक रुपमा विकट ठाउँमा बर्खाको समयमा चार महिना यातायात सेवा बन्द हुने गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार बाढी, पहिरो, बिरामी तथा सुत्केरी व्यथा जस्तो आपतकालीन अवस्थामा यो हेलिप्याड निर्माणले उद्दार कार्यमा विशेष भूमिका खेल्ने छ।
रात्रीकालीन समयमा पनि नाईट भिजन हेलि ल्याण्ड गराउने स्तरमा यो हेलिप्याडलाई विकास गर्ने योजना रहेको बताइएको छ।