काठमाडौं। राप्ती राजमार्गअन्तर्गत बाङ्गेलाखुरी–सिमखोली सडक बुधबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नियमित गाडी सञ्चालनमा आउँदा सडक स्तोरन्नतिको काममा अवरोध सिर्जना भएपछि दैनिक १० घण्टा सडक बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार बुधबार वैशाख २० देखि २७ गतेसम्म आठ दिनका लागि उक्त सडक खण्ड बन्द गरिएको हो। बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ८ बजेदेखि बिहान २ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने बताइएको छ।
तीन किलोमिटर क्षेत्रमा पर्ने ओरालो सडक खण्डमा कटिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनमा आउँदा दुर्घटनाको जोखिम हुने भएकाले सडक डिभिजन कार्यालय दाङको आग्रह तथा समन्वयमा सूचना प्रकाशन गरेर सडक पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।