काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज नेपाल बन्द गरेको छ । चन्द नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धि विरुद्ध मंगलबार नेपाल बन्द गरेको हो ।
सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धन लगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका थिए । बन्द रहर नभई बाध्यता भएको विज्ञप्तिमा उल्लेख छ ।
आज बन्दका कारण देशभर विद्यालय, पसल, सवारी साधन प्रभावित भएका छन् । सडकमा केही व्यक्तिगत सवारी साधन बाहेकका सार्वजनिक यातायात चलेनन् भने विद्यालयहरु पनि बन्द भए । बन्दको प्रभाव देशभर नै परेको देखिएको छ ।
देशका केही स्थानबाट भने प्रहरीले बन्द गराउँदै हिँडेका केही युवालाई पक्राउ गरेको छ ।