काठमाडौं। पाल्पाः बुटवल–पाल्पा अन्तर्गत तिनाउ गाउँपालिका–५ कालीमाटीमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहान ६ बजेतिर पहिरो खसेको हो।
जेसिबीले पहिरो पन्छाउने काम भइरहेको बताइएको छ।
राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीच बाटोमै अलपत्र परेका छन्।