धनगढी। दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव सदरमुकाम ल्याइएको छ। शुक्रवार साँझ छ बजे मृतकहरुको शव सदरमुकाम ल्याइएको हो।
हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव सडक मार्गबाट सदरमुकाम ल्याइएको हो।
ती शव बुधवार नै फेला परेको भए पनि सडक मार्गबाट ल्याउँदा ढिलाइ भएको हो।
मृतकका शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइने र उनीहरूका आफन्त सदरमुकाममा आइसकेको प्रहरीले जनाएको छ।
हिमपहिरोमा परी अझै दार्चुला दुहुँ गाउँपालिका–४, कि १५ वर्षीय छिमी साम्मो थापा र २८ वर्षीय ईश्वरी थापा बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी छ ।