नुवाकोट। दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारमा प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले शुक्रबार नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका हुन्।
समुन्द्रटारमा बनेको प्रशासकीय भवनमा १८ कोठा छन्। उक्त भवन २ करोड ४० लाख रुपैयाँ लागतमा निर्माण भएको पालिकाले जनाएको छ ।
उद्घाटनका क्रममा देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारको अन्त्य गर्न सरकार लागि परेको बताएका छन्। मन्त्री मोदीले सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गरेका कामलाई साथ दिनुपर्ने बताए ।
उनले भने, यो देशमा सुशासन कायम गर्न ठूला भ्रष्टाचारहरुको अन्त्य गर्न सरकार लागि राखेको छ। सुशासन र भ्रष्टाचार अन्त्यका लागि प्रधानमन्त्रीले गर्नुभएको कामलाई सकारात्मक ढंगले साथ दिनुपर्छ ।’ उनले संघीयता कार्यान्वयन गर्नुपर्ने भूमिका र प्रशासनिक सुधार गर्नुपर्नेमा जोड दिए ।
मन्त्री मोदीले जनप्रतिनिधिलाई कर्मचारी पठाउने र भनिदिनु पर्ने कार्यका लागि मन्त्रालय लागिरहने बताए । आफ्नो ठाउँबाट नुवाकोटको विकास निर्माणका लागि भूमिका खेल्ने समेत आश्वासन दिए ।
जनतालाई सेवा र खुसी दिने कार्यमा लाग्नुपर्ने उनले बताए ।