कपिलवस्तु। कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले प्राचीन कपिलवस्तुको तिलौराकोटलगायत अन्य पुरातात्विक सम्पदाको संरक्षण नगरेसम्म विकास सम्भव नहुने बताएका छन्। कपिलवस्तुको तिलौराकोटमा आयोजना गरिएको २५६७ औं बुद्ध जयन्ती एवम् प्रसूति उत्सवमा मन्त्री भुसालले यस्तो बताएका हुन्।
मन्त्री भुसालले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यस्तो कार्यक्रम आफूले जीवनमै पहिलो पटक अनुभव गरेको बताए। लुम्बिनी जस्तै तिलौराकोटको विकास गर्नु पर्ने उनको भनाइ छ।
विगतमा लुम्बिनीलाई केन्द्रमा राखेर काम गर्ने तिलौराकोट, रामग्रामलगायतका क्षेत्रमा विकास भएको भन्दै बृहत्तर लुम्बिनी विकास अन्र्तगत अन्य क्षेत्रको पनि विकास गरिने उनले बताए।