काठमाडौं। भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या आएको छ।
ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुनः भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ। बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंका लागि उडेको विमान केहीबेरमै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएर आकस्मिक अवतरण गरेको हो।
विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ।
श्रीको विमान रनवेमै रहेकाले यती एयरलान्सेन्सको जहाज आकाशमै फन्को मारिरहेको थियो। अवतरण गर्न नसक्ने भएपछि उक्त विमान पुनस् काठमाडौं नै फर्किरहेको छ।