काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले सरकारले विद्युत खपत बढाउनका लागि विद्युतीय चुलो र बस सञ्चालनमा प्रोत्साहन गर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरूको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिँदै विद्युतीय चुलो र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताए ।
उनले भने, ‘हामीले किन यो ग्यासको चुलो बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुलो पनि इलेक्ट्रिक चुलो हुन सक्दछ। हामी नेपालभरि नै बिस्तार–बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ । काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरू सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुलो बनाऔँ ।’