स्याङ्जा। अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् । पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका हुन्।
ठूला पुल निर्माण गर्न समयलाग्ने भएकाले तत्कालका लागि ट्रष्ट एवम् बेलीब्रीज बनाएर स्थानीयलाई वारपार गर्न सहज बनाउन माग गरेका हुन् ।
वर्षाको समयमा खोला बढेर वारपार गर्न समस्या हुने बताउँदै स्थानीय पुल अत्ति आवश्यक रहेको बताए। विगतदेखि नै प्रदेश, स्थानीय पालिका र वडामा यहाँका समस्या र आवश्यकताका बारेमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनिहरुको गुनासो छ।
पुल नहुँदा छिमेकी घरमा पुग्न थप एक किलोमिटरको फन्को मारेर हिँड्नुपर्ने बाध्यता रहेको छ ।
पुल निर्माण भएमा सदरमुकाममा रहेका सरकारी कार्यालय, सरकारी एवं निजीका झण्डै आधा दर्जन विद्यालय, क्याम्पसका विद्यार्थी र पैदलयात्रुका लागि आधा बाटो छोटिने स्थानीयले बताए।