उदयपुर। उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासमा आगोलागि भएको छ। चोकबहादुर मगरको कृषि फार्ममा आगालागी हुँदा फार्मसहित ४ गोठ र दुई घर गरी ७ घर जलेर नष्ट भएको हो।
आज बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ। आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।