काठमाडौं। मोदी ईनर्जी लिमिटेडको आईपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ। कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ आगामी आइतबार विहान ९ः३० बजे बाँडफाँट गर्ने भएको हो ।
विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले आफ्नै कार्यालय कमलपोखरीबा आईपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ।
कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो। विक्री बन्द भएको एक सातामै कम्पनीको आईपीओ बाँडफाँट हुन लागेको हो। सर्वसाधारणमा आईपीओ जारी गर्नु अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।