काठमाडौं। पूर्वमन्त्री सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशन बसेका छन्। सत्तारुढ नेपाली कांग्रेसका सांसद समेत रहेका गौतम जब्दीघाटको भत्किएको पुल बनाउनसहित विभिन्न १५ बुँदै माग राख्दै अनशनमा बसेका हुन्।
अघिल्लो निर्वाचनमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई समेत हराएका गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य छन्।
सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उदघाटन नहुँदै २०७४ साउनअन्तिम साता भत्किएको हो । पुल पप्पु कन्स्ट्रक्सनले बनाएको पुल उदघाटन नहुँदै भत्किएको हो।
भत्किएको पुल बनाउन तथा पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न विभिन पटक प्रधानमन्त्री कार्यालय र पूर्वाधार मन्त्रालय धाएर माग गर्दा सुनुवाइ नभएपछि सांसद गौतम त्यही भत्किएको पुल मुनि पाल टाँगेर आमरण अनसन बसेका हुन्।