सिन्धुपाल्चोक। जिल्लाको हेलम्बु गाउँपालिका –३ पाल्चोकमा सिन्धुपाल्चोकै सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएको छ। आयोजनाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन्।
आयोजनाले ५९९ वटा धारा निमार्ण गरेर २४ सौं घण्टा पानी उपलब्ध गराएको छ ।पाल्चोकवासीलाई १० वर्ष अघिबाट स्थानीय अग्रज एवम् पत्रकार विष्णु खड्का, जिमी तामाङको विशेष सक्रियतामा उक्त स्थानमा घरघरमा धारा निमार्ण भएको हो । उनीहरूकै पहलमा आयोजनाका लागि खानेपानी तथा सरसफाइ विकास कार्यालयले तीन करोड १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
पाँच किलोमिटर टाढा कुडुँले खोलाको पानीलाई प्रशोधन गरेर पाल्चोक गाउँका घरघरमा धारा बनाई स्वच्छ खानेपानी पुर्याएको खानेपानी आयोजनाका अध्यक्ष जिमी तामाङले जानकारी दिए।