काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले सरकारले अब आवश्यकताबिना ठूला ठूला भवन नबनाउने बताएका छन्।
कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग’ को दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले सरकारले नभई नहुने अवस्थामा बाहेक खर्च कटौती गर्ने बताएका हुन्।
उनले सरकारले अब ठूला भवन निर्माण गर्नदेखि गाडी खरिद समेतमा खर्च कटौती गर्ने बताएका छन्।
उनले भने, ‘अब सरकारले नभई नहुने अवस्थामा बाहेक गाडी किन्दैन, विशाल संरचना बनाउँदैन । त्यस्तै नेपालमा विद्युतीय गाडीको प्रचलन भर्खरै बढ्न थालेकाले सरकारले पनि अब किन्नुपर्दा विद्युतीय गाडी नै किन्ने अर्थमन्त्री महतले बताए ।