झापा। झापाको दमक नगरपालिकाले मुख्य सहरी क्षेत्रमा रहेका ढल सफा गर्न थालेको छ।
ढल भरिएर ढलको पानी निकास नहुने र वर्सातको समयमा सडकमा पानी बग्ने भएपछि बर्सात अगावै ढल सफाइ गर्ने काम सुरु गरिएको हो।
केही समय पानी पर्न साथ ढल भरिएर पानी बाहिर सडकमा आएर सडक नै खोला जस्तो बन्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो । ढलको निकास पनि नहुने र ढल सफाइ नहुँदा झनै समस्या हुने गरेको छ । बर्सात अगावै दमकका अधिकांश ढल सफाइ गरिसक्ने दमकका नगर प्रमुख रामकुमार थापाले बताए।
बर्सातबाट जोगिनका लागि पूर्वतयारी अन्र्तगत नै ढलको सफाइ गरिएको पनि जनाइएको छ ।
ढलमा प्लास्टिक, सिसालगायतका अन्य विभिन्न फोहोरजन्य सामग्रीहरूले ढल भरिँदा समस्या भएको स्थानीयको गुनासो आएपछि सफाइ गरिएको बताइएको छ।