काठमाडौं। काठमाडौं भ्युटावरमा सर्वसाधरणका लागि पार्किङ खुला गरिएको छ।
पुरानो बसपार्कस्थित निमार्णाधिन भ्युटावरमा गत वैशाख २२ गतेदेखि सर्वसाधारणका लागि पार्किङ खुला गरिएको हो।
काठमाडौं महानगरले सडकमा अव्यवस्थित पार्किङ हटाइरहेको हुँदा भ्युटावरको पार्किङ खुला गरिएको हो। दुई तला पार्किङ मात्र खुला गरिएको यस टावरमा हाल एक हजार हाराहारी मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिने र ३०० वटासम्म साना तथा ठूला गाडी पार्किङ गर्न मिल्ने बताइएको छ।
यसले न्युरोड तथा रत्नपार्क आसपास गुड्ने सवारीसाधनको पार्किङ धान्ने बताइएको छ।
भूमिगत पार्किङ रहने यो टावरमा काउन्टर, सूचना डेस्कसँगै अत्याधुनिक सिनेमा हल रहनेछ। रेस्टुरेन्ट, बैंक तथा वित्तीय संस्था लगायत व्यापारिक प्रयोजनलाई पनि लक्षित गरिएको छ। टावर भूकम्प प्रतिरोधात्मक हुने छ।